नेपाली महिला क्रिकेट टिम विश्वकपको एसियाली छनोट खेलकोलागी कतारतर्फ प्रस्थान

  • कार्तिक २८, २०७८

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आइसिसी वुमन्स टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि कतार गएको छ।

बंगलादेशमा एक साता तयारी गरेपछि शुक्रबार स्वदेश आइपुगेको नेपाली टिम आज विहान कतारका उडेको हो।

आज कतार गएको नेपाल टिमले कतारसँग तीन टी-२० खेल खेल्नेछ। त्यसपछि नेपाली टिम युएई जानेछ।

नेपालले आगामी १९ देखि २९ नोभेम्बरसम्म युएईमा एसिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिता खेल्ने छ।

छनोटका लागि रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमः यस्तो छ ।

टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ।

वुमन्स टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिष्पर्धा गर्नेछ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल