शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट

  • मङि्सर १२, २०७८

१२ मंसिर, काठमाडौंः साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार ८०.२९ अंकले घटेर सेयर बजार मापक परिसूचक २६५१.४९ विन्दुमा ओर्लिएको छ। आज समग्र सेयर बजार २.९४ प्रतिशतले घटेको हो।

आज कारोबारमा आएको २३४ कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य सामान्य बढेको छ भने बाँकी कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४६ विन्दुमा ओर्लिएको छ।

आज कूल पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको एक करोड १९ लाख तीन हजार २०२ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ।

आज सबै समूहका सूचक घटेका छन्। विकास बैंक, व्यापार, हाइड्रोपावर लगायतका समूहमा भारी गिरावट आएको छ।

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.७८ प्रतिशतका दरले कमाएका छन्। यस्तै सबैभन्दा धेरै हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८.४९ प्रतिशतका दरले गुमाएका छन्।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल