शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि ओरालो, कारोवार रकम पनि खुम्चियो

  • मङि्सर १४, २०७८

१४ मंसिर, काठमाण्डौंः शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से आज मङ्गलवार एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, होटल, व्यापार, उत्पादन, जीवन बीमा, माइक्रोफाइनान्स र लगानी समूहको शेयर भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका ६४ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै आईसीएफसी फाइनान्सको १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज इन्फिनिटी लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि सामलिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल