कैलाली क्षेत्र नं. ५ बाट नेता खगराज भट्ट (विनोद)लाई प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार बनाउन नेता राम चन्द्र को माग

  • कार्तिक १३, २०७८

सुदुरपश्चिबाट नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टलाई प्रतिनिधीसभा सदस्यमा आउने चुनावमा धनगडीबाट उम्मेद्धवार बनाउनु पर्ने कार्यक्रताहरुले जोडदार माग गर्दै आइरहेका छन् ।

माओवादी केन्द्रका सुदुरपश्चिम इन्चार्ज  भट्टको जन्म २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिकाका ४ चिपुरमा भएको हो । ०४७ साल देखि  राजनीतिमा लागेका भट्ट ०४७ सालमै तत्कालीन नेकपा एकता केन्द्रको सदस्य भएर कम्युनिष्ट राजनीतिमा होमिनु भएको थियो । तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका आफ्ना दाजु जयराज भट्टको प्रेरणाले उहाँ कम्युनिष्ट राजनीतिमा लाग्नुभएको हो ।

आइएलसम्म पढ्नु भएका भट्ट ०५४ सालदेखि ०५८ सालसम्म अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य हुनुभयो । विद्यार्थी राजनीती  छोडेपछि भट्ट तत्कालीन नेकपा माओवादीको दार्चुला, बैतडी र डडेलधुरा सचिव भएर काम गर्नुभयो । पछि दार्चुला र बैतडीको ईञ्चार्ज समेत हुनुभयो । ०६० सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिमा पुगेका भट्टले सशस्त्र विद्रोहमा ९ महिना जेल जीवन बिताउनुभएको थियो । त्यसै भट्ट आफ्नै गृह जिल्ला डडेल्धुरा बाट पनि माओवादी केन्द्रका इन्चार्ज हुनुभयो । एमाले र माओवादी केन्द्र एकता पछि सुदुरपश्चिमबाट नेकपाको सह-इन्चार्ज हुँदै अहिले नेकपा माओवादी केन्द्रको इन्चार्जको जिम्मेवारीमा छन् ।

माओवादी केन्द्र सुदुरपश्चिम इन्चार्ज  भट्टको त्यो नेतृत्व गर्ने क्षमता, कार्यक्रताहरुसंगको व्यवहार बाट सुदुरपश्चिममा माओवादीका कार्यक्रताहरु सन्तुष्ट छन् ।

सुदुरपश्चिमको विकासको लागी खगराज भट्ट आवश्यकता परेको भन्दै सुदुरपश्चम बासी चर्को रुपमा प्रस्तुत हुन थालेका छन् ।

डडेल्धुराबाट पटक पटक संगै चुनावि प्रतिशप्रधामा जितेका नेपाली काँग्रेशका सभापती तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भए पनि सुदुर पश्चिमको  विकासका लागि  केही नगरेको आरोप लगाउदै आउनुभएको छ।

त्यस्तै सुदुरपश्चिम  माओवादीकेन्द्रका युवा तथा प्रभावशाली नेता रामचन्द्र भट्टका अनुसार “समग्र सुदुरपश्चिमको विकासको लागि  खगराज भट्टनै आवश्यत्ता परेको नेता हो , र जनताको आशा अन्य नेताहरुभन्दा पनि उनि मा अलि बढि नै छ ।  पार्टी र संगठनप्रति इमान्दार, संगठनप्रति प्रतिवद्ध रहेका कारणले सुदुर पश्चिमका जनताले उहाँमाथि विश्वास गर्नुहुन्छ । उहाँले संगठनमा जति काम गर्नुहुन्छ, पूरा इमान्दारीपूर्वक गर्नुहुन्छ । सायद त्यही भएर होला, नेकपा माओवादी केन्द्रले पार्टीको महत्वपुर्ण  जिम्मा भट्टलाई नै दिएको छ । पार्टी संगठनप्रति इमान्दार छन्, तर पदलोलुप भने छैनन्। प्रतिनिधिसभा  निर्वाचनमा पटक पटक पराजित भएपनि भट्ट विचलित देखिदैनन्। स्वच्छ छवि भएका नेतालाई अब कैलाली क्षेत्र नं.५ बाट उम्मेद्धवार बनाउन पार्टीको नेतृत्वलाई आग्रह पनि गर्दछु , रामचन्द्रले अगाडि भने ‘यो मेरो माग मात्र होइन् सम्पुर्ण सुदुरपश्चिमका जनताहरुको माग हो’ उनले भने । मलाई विश्वास छ- पार्टीले अब कमरेड भट्ट (विनोद) जी लाई कैलाली  बाट उम्मेद्धवार बनाउनु हुन्छ र जित्नु पनि हुन्छु। अनि मात्र समग्र सुदुरपश्चीमको विकाश हुन्छ” नेता रामचन्द्र भट्टले भने ।

 

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल