गठबन्धनमा नगरपालिका र गाउँपालिकाको उम्मेदवार भोलि बेलुकासम्म टुंगो लाग्ने

  • बैशाख ०७, २०७९

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलको विषय भोलि बेलुकासम्म टुंगो लगाउने दाबी गरेका छन् । सत्ता गठबन्धनमा देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकाको चुनावी तालमेलबारे सहमति भइसकेकाले अब नगरपालिका र गाउँपालिकामा पनि त्यसैगरी टुंगो लाग्ने बताएका हुन् ।

‘हामीले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेलमा सहमति गर्यौँ, भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाको पनि चुनावी तालमेलको विषयमा टुंग्याउछौँ’, उनले बिशेषपाटीलाई भने, ‘ त्यसका लागि पार्टीको तर्फबाट पनि त्यसैअनुसार लाग्छौँ ।’

उनले स्थानीय तहमा तालमेलको विषय मिलाउन केन्द्रीय कार्यदलले सहजीकरण, समन्वय र अनुगमन गर्ने पनि बताए । ‘प्रदेश कमिटी संयन्त्रले नगर र गाउँपालिका टुंगो लगाउने छ। वडाको जिल्ला समन्वय समितिले गर्ने छ’, उनले भने, ‘निर्वाचनको मिति नजिकिइसकेकाले केन्द्रको समन्वयमा नगरपालिका र गाउँपालिकाका उम्मेदवार प्रदेश कमिटीले भोलि बेलुकासम्म टुंगो लगाउँछ ।’यस्तै पुनले आ–आफ्नो दलबाट नगरपालिका र गाउँपालिका उम्मेदवार सिफारिस भएपनि समस्या नहुने जिकिर गरे। ‘सबै पार्टीहरुले आ–आफ्नो तयारी अनुरुप उम्मेदवार सिफारिस गर्ने नै भए। तालमेल हुने भएमा जसको जहाँ भागवण्डा पर्छ त्यहाँको उम्मेदवार अघि बढ्ने हुन्छ । अरु पछाडि हट्ने स्थिति हुन्छ’, उनले भने, ‘सिफारिस गर्दैमा समस्या हुँदैन ।’

पाँच दलभित्र एकले अर्कालाई भोट हाल्ने विश्वासको वातावरण हुने भएकाले सबै ढुक्क रहन पनि पुनले आग्रह गरे । ‘हामीले जहाँ जहाँ नगरपालिका र गाउँपालिकामा चुनावी तालमेल हुने वातावरण बन्छ, त्यहाँ तालमेल गर्छौ। तालमेल नहुने स्थानीय तहमा गठबन्धनभित्रै प्रतिस्पर्धा हुन्छ’, पुनले भने, ‘यदि गठबन्धनभित्र तालमेल नभएमा एमालेसँग भने तालमेल नगर्ने अण्डरस्ट्यान्डिङ बनाएका छौ।’

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल