भारतमाथि दक्षिण अफ्रिकाको दबाब

  • पुष २८, २०७८

काठमाडौं । कप्तान विराट कोहलीले ७९ रन बनाए पनि भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा बलियो सुरुआत गर्न सकेन । भारतले पहिलो इनिङ्समा २२३ रन बनाउँदा सबै विकेट गुमाएको छ ।

केप टाउनमा पहिलो दिन सकिँदा घरेलु टोली दक्षिण अफ्रिका १७/१ को स्थितिमा छ । दक्षिण अफ्रिकाका कप्तान डिन इल्गर तीन रन बनाएर पवेलियन फर्किसकेका छन् । एइडेन मारक्रम ८ र केशव महाराज ६ रन बनाएर क्रिजमा छन् । इग्लरलाई जसप्रित बुमराहले चेतेश्वर पुजराको हातबाट क्याच गराएका हुन् ।

त्यसअघि, कागिसो राबडाले ४ तथा मार्को जनसेनले ३ विकेट लिएपछि भारतका कप्तान कोहलीबाहेक अरू ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन् ।

कोहलीले १२ चौका र एक छक्का प्रहार गरे । पुजराले ४३ रन बनाए । रिशभ पन्तले २७ रन बनाउँदा मयांक अग्रवालले १५ र केएल राहुलले १२ रन जोडे । त्यस्तै, शार्दुल ठाकुरले १२ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

घरेलु टोलीका राबडा र जनसेनबाहेक ड्वाने ओलिभर, लुङ्गी एनगिडी र महाराजको नाममा एक/एक विकेट रह्यो ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल