काँग्रेसका निवर्तमान उपसभापती सहित पुरै गाउँ नेकपा माओवादी केन्द्रमा प्रवेश

  • कार्तिक ०६, २०७८

रोल्पामा काँग्रेसका निवर्तमान उपसभापती सहित पुरै गाउँ नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

जिल्लाको त्रिवेणी गाउँ पालिका वा.ड नं. १ कटेरीका नेपाली काँग्रेसका निवर्तमान उपसभापती इन्द्र विर डागी र नेपाली काँग्रेसमा प्रभावशाली युवा नेता चन्द्र बहादुर केशीको नेतृत्वमा पुरै गाउँ नै नेपाली काँग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष देवराम घर्ती मगरले उपसभापती सहितको टोलीलाई माओवादी केन्द्रमा प्रवेश गराई स्वागत गरेका हुन् ।

माओवादी केन्द्र को राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा नेताहरुलाई राष्ट्रिय सम्मेलनको तयारी  भन्दा पनि पार्टी प्रवेश गराउन फुर्सद छैन ।


विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा आएकाहरुलाई पार्टी प्रवेश गराउन र तिनलाई व्यवस्थापन गर्न नेताहरुलाई हम्मेहम्मे पर्न थालेको छ ।
माओवादी केन्द्रको जहाँ कार्यक्रम हुन्छ त्यहाँ पार्टी प्रवेश गर्ने र गराउनेहरुको हतारो नै हुने गर्दछ। पहिले एउटै पार्टीमा काम गरेका टुटफूटको राजनितिमा अलमलिएर अन्य पार्टीमा गएकाहरु पनि माओवादी केन्द्रमा फर्किनेहरुको चाप वढेको माओवादी केन्द्र नेताहरुले बताउने गरेका छन् ।

नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्‍याउने लक्ष्य लिए संगै केन्द्र देखि वडा सम्म नै विभिन्न पार्टी परित्याग गरी  माओवादी केन्द्रमा प्रवेश गर्नेहरु को लहर लाग्न थालेको छ ।  आगामी पुस दोस्रो साता सम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने नीति लिएको छ ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल