नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले नेकपा (एमाले) को शक्ति सबै ढलेर लथालिङग भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ठीक ठाउँमा भएकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डविरुद्ध बोल्ने गरेको बताए । उनले भने,‘प्रचण्ड ठीक ठाउँमा छन् , अग्रगामी विकाशका लागी प्रचण्डले नै यो देशको नेतृत्व लिईराखेको छ र त उनी बोल्न बाध्य भएका छन् । ओलीले त डराएर बोलेको हो ।’ प्राइम टिभीमा जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचनमा को पराजित हुन्छ र को विजयी हुन्छ ? भन्ने कुरा मैदानमा गएपछि थाहा हुने पनि टिप्पणी गरे । उनले भने,‘प्रचण्डमाथि जुन उ आईरो लागेको छ, प्रचण्डमाथि उ आईरो लाग्नुको पछाडि चाहीँ प्रचण्डदेखि उ थुरथुर डराउँछ ओली भन्ने मान्छे । ओलीको कुनै ईतिहास छैन नि।’ उनले भने ।
प्रकाशक:
विशेष मिडिया प्रा लि काठमाडौं नेपाल
फोन :- ९८४०५१२८७२
ईमेलः [email protected]
सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९
अध्यक्ष संचालक: विमल अधिकारी
प्रबन्ध निर्देशक: अम्बिका घिमिरे
हाम्रो बारेमा:
सम्पादकः विनोद बराल
व्यवस्थापकः सम्राट वली,विवेक महरा
सल्लाहाकारः रमेश पौडेल
वरिष्ठ सम्वाददाताः योगेश ढकाल