२ मंसिर, काठमाडौंः माओवादी केन्द्र र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको (नेकपा)विचको एकता प्रकृया लगभग अन्तिम चरणमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समय सच्चा कम्युनिष्टहरु एक भएर देशमा नयाँ क्रान्ति गर्नु पर्ने बताउदै आएका छन् ।
पछिल्लो समय विप्लवले पनि जनाताका पक्षमा काम गर्नु पर्ने सर्त सहित माओवादी केन्द्रसँग एकता गर्ने बताए संगै एकताको प्रकृया सुरु भएको हो ।
माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरा र विप्लव विच पछिल्लो समय विभिन्न चरणमा भेटवार्ता भएको माओवादी केन्द्रको एक विश्वस्त स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यि दुई नेताको भेटवार्ता पछि विप्लव माओवादी केन्द्र संग पार्टी एकता गर्न सकरात्मक रहेको बुझिएको छ । तर , विप्लव निकट स्रोतका अनुसार विप्लव माओवादी केन्द्र संग एकता गर्न सकरात्मक देखिए पनि खड्क बहादुर विश्वक्रमा (प्रकाण्ड)भने माओवादी भन्दा एमाले संग पार्टी एकता गर्न खोजेको बुझिएको छ ।
कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रचण्ड निकट भएकाले प्रकाण्डमा एक किसिमको त्रास पैदा हुन थालेको बुझिएको छ । माओवादी केन्द्र संग पार्टी एकता भएपछि आफ्नो राजनीतिक भविश्य ओरालो लाग्छ कि भन्ने एक किसिमको डर पैदा भएको बुझिएको छ । त्यसकारण प्रकाण्ड माओवादी भन्दा एमाले संग पार्टी एकता गर्न चाहान्छन् ।
पछिल्लो समय माओवादी केन्द्रका प्रवत्ता महराले विप्लव संग पार्टी एकताको विषयमा खेलेको भुमिका बारे पार्टि भित्र महराको चर्चा सुरु हुन् थालेको छ ।
पछिल्लो समय विप्लव र महरा विचको भेटवार्ताले लगभग पार्टी एकता अन्तिम चरणमा पुगेको बुझिएको छ ।
प्रकाशक:
विशेष मिडिया प्रा लि काठमाडौं नेपाल
फोन :- ९८४०५१२८७२
ईमेलः [email protected]
सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९
अध्यक्ष संचालक: विमल अधिकारी
प्रबन्ध निर्देशक: अम्बिका घिमिरे
हाम्रो बारेमा:
सम्पादकः विनोद बराल
व्यवस्थापकः सम्राट वली,विवेक महरा
सल्लाहाकारः रमेश पौडेल
वरिष्ठ सम्वाददाताः योगेश ढकाल