दाजु शेखर कोइरालाले मात्र सभापति जित्छन् : शशांक कोइराला

  • मङि्सर ०३, २०७८

३ मंसिर काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा जित्न नसक्ने बताएका छन् ।

केही दिनअघि सर्लाहीमा भएको एक कार्यक्रममा बोल्दै उनले संस्थापनइतर समूहबाट दाजु शेखर कोइराला मात्र सभापतिमा जित्ने उमेदवार भएको टिप्पणी गरेका हुन् । उनले नेता पौडेलले एकचोटि चुनाव लडिसकेकाले अब छाड्पर्ने संकेत पनि गरे ।

उनले पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई काठमाडौंबाहिरका नेता–कार्यकर्ताले नचिन्ने कारणले सभापतिमा लड्न उपयुक्त नहुने टिप्पणी गरे । नेता सिंह काठमाडौंभित्रै घेरिएको उनको बुझाइ छ । पार्टीको महामन्त्री बने पनि सिंहको कार्यकर्तामाझ आत्मीयता नदेखिएको उनको भनाइ थियो ।

“उहाँको बारेमा भन्दाखेरी नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौंबाहिर निक्लिनेबित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन्,” उनले भने, “हुन त उहाँ पार्टीको महामन्त्री पनि हुनुभयो । तर, साथीहरूसँग उहाँको आत्मीयता म देख्दिनँ ।”

महामन्त्री कोइरालाले पार्टी सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्ने हो भने नेता कृष्णप्रसाद सिटौलासहित संस्थापनइतर समूहको एकल उमेदवार बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल