नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्री शर्माको आग्रह

  • मङि्सर १५, २०७८

१५ मंसिर, काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।

बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए । अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए ।

एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल