कालीकोटको सबै स्थानीय तहमा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

  • मङि्सर १५, २०७८

१५ मंसुिर, कालीकोटः कालीकोटको नौवटै स्थानीय तहमा नेकपा ( माओवादी केन्द्र) ले नयाँ नेतृत्व चयन गरेको छ। माओवादीले स्थानीय तहहरूको प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको हो।

खाँडाचक्र नगरपालिकाको अध्यक्षमा धनलाल अधिकारी, पचालझरना गाउँपालिकाको अध्यक्षमा पौरख बिक, पलाता गाउँपालिकाको अध्यक्षमा विष्णुबहादुर रोकाया, शुभकालिका गाउँपालिकाको अध्यक्षमा गोबिन्द आचार्य सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै, माओवादी केन्द्र महाबै गाउँपालिका अध्यक्षमा हर्कबहादुर शाही, तिलागुफा नगरपालिकाको अध्यक्षमा राष्कोट नगरपालिकाका अध्यक्षमा धर्मराज शाही, सान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा महेश केसी र नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा मनशोभा बुढा चयन भएका पार्टी जिल्ला अध्यक्ष धनजित शाहीले जानकारी दिए। शाहीका अनुसार जिल्लाको सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल