संखुवासभामा अवैध चिरानी काठसहित एकजना पक्राउ

  • मङि्सर १६, २०७८

१६ मंसिर, काठमाडौंः  अवैध चिरानी काठसहित एकजनालाई प्रहरीले  पक्राउ गरेको छ। नेपाल

बिहीबार संखुवासभा खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत ईलाका प्रहरी कार्यालय हेदाङ्नास्थित प्रहरी स्थायी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा किमाथांकातर्फबाट आउदै गरेको ना ७ त ६३६३ नम्बरको ट्याक्टरमा अवैध रूपमा १४१ थान ९८६।५ कि।वि० चिरानी बटम र तख्ता काठ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक शुभेश अधिकारीले जानकारी दिए । उनका अनुसार, अबैध काठ बोकेर ल्याउने ट्याक्टरसहित ट्याक्टरचालक मकालु–१ का सुरज राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज हेदाङ्ना संखुवासभालाई बुझाइएको छ ।

उक्त क्षेत्र मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । हेदाङ्नामा प्रहरी र निकुञ्ज कर्मचारीद्वारा नियमित चेकजाँच हुने गर्छ । सो क्षेत्रबाट अवैध कारोबार हुने आशंकाले चेकजाँचमा कडाइ गर्ने गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल