मधेश रुपान्तरणका लागि सामाजिक एवं साँस्कृतिक जागरणको अभियान चलाउनु पर्छः पुर्वमन्त्री पोखरेल

  • मङि्सर १६, २०७८

१६ मंसिर, महोत्तरीः नेकपा माओवादी केन्द्रका नेता, पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मधेश रुपान्तरणका लागि सामाजिक एवं साँस्कृतिक जागरणको अभियान चलाउनुपर्ने बताएका छन्। महोत्तरीको भंगहा नगरपालिकास्तरीय माओवादी केन्द्रको पहिलो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले समाजमा छुवाछुत, अन्धविश्वासविरुद्ध लड्नुपर्ने बताएका हुन्।

‘समाजमा बोक्सी, छुवाछुत, अन्धविश्वास छ। यसविरुद्ध लड्नु पर्छ।’ उनले भने, ‘विभेद र असमान्ता अन्त्य भएको छैन। यी सबै कुरा अन्त्यका समाजवादी क्रान्तिको झण्डा उठाउनुपर्छ।’ पार्टीको संगठनलाई जनतासँग जोड्दै विधी र पद्धतिमा अब माओवादी केन्द्र संचालन हुने उनको भनाई छ।

उनले भने, ‘हाम्रो पार्टीको ७ लाख संगठित सदस्य छन्। स्वातन्त्रत ढंगले पार्टीको संगठन निर्माण गर्न सकिएन भने अरुको बैशाखीमा टेकेर समाजवादी क्रान्ति सफल हुनसक्दनौं।’ नेकपा माओवादी केन्द्रका स्कूल विभागका प्रमुख समेत रहेका पोखरेलले केपी ओली फाँसीवादको बाटो लागेको आरोप लगाए। उनले १२५ जाती र १२३ भाषाभाषी भएको देशलाई नयाँ उचाईमा लैजान समाजवादी क्रान्तिको आवश्यकता रहेको उल्लेख गरे।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल