१४ पुस, काठमाडौंः काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ७ जनालाई मंगलबार साँझसम्ममा पक्राउ गरिएको र अर्का एक जना बुधबार बिहान पक्राउ जानकारी दिनुभयो ।
उनका अनुसार पीडित सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी महिला हुन् । उनका श्रीमान् धेरै पहिलेदेखि बेपत्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको एसपी मैनाली बताउँछन् ।
प्रहरीका अनुसार युवराजले सुरुमा उनलाई फकाएर गेस्ट हाउसमा लगेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेको छ । घटनामा संलग्न अर्का एक जना अझै फरार छन् ।
महिलाको मंगलबारै प्रसूतिगृहमा स्वास्थ्य परीक्षण पनि गरिएको छ । घटनाबारे प्रहरी प्रभाग, बसपार्कमा जानकारी आएलगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरी सहितको टोली त्यहाँ पुगेको थियो । त्यसपछि सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशक:
विशेष मिडिया प्रा लि काठमाडौं नेपाल
फोन :- ९८४०५१२८७२
ईमेलः [email protected]
सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९
अध्यक्ष संचालक: विमल अधिकारी
प्रबन्ध निर्देशक: अम्बिका घिमिरे
हाम्रो बारेमा:
सम्पादकः विनोद बराल
व्यवस्थापकः सम्राट वली,विवेक महरा
सल्लाहाकारः रमेश पौडेल
वरिष्ठ सम्वाददाताः योगेश ढकाल