एजेन्सी । कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शवको अन्त्येष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्येष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए ।
मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन् । यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिंसा चर्किँदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थियो ।
प्रकाशक:
विशेष मिडिया प्रा लि काठमाडौं नेपाल
फोन :- ९८४०५१२८७२
ईमेलः [email protected]
सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९
अध्यक्ष संचालक: विमल अधिकारी
प्रबन्ध निर्देशक: अम्बिका घिमिरे
हाम्रो बारेमा:
सम्पादकः विनोद बराल
व्यवस्थापकः सम्राट वली,विवेक महरा
सल्लाहाकारः रमेश पौडेल
वरिष्ठ सम्वाददाताः योगेश ढकाल