देउवा र प्रचण्डबीच भेटवार्ता

  • माघ ०३, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। आज बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन।

उनीहरूबीच सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति पनि भएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ। समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य छन्।

‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज बिहान कुराकानी भयो। स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने कुरा भएको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने। सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएपछि सरकारले आवश्यक निर्णय गर्ने तयारी गरेको छ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल