प्रदेश २ को राजधानीका लागि गोप्य मतदान शुरु

  • माघ ०३, २०७८

काठमाडौं । प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु भएको छ ।

आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् ।

प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।

अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति छ र यसमा सर्वसहमति जस्तै छ । तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो ।

उनले प्रदेश सभामा बोल्दै भनेका छन्, ‘राजधानी जनकपुरलाई बनाउने सबै दलको प्रस्ताव हो । र सर्वसहमति जस्तै छ ।’

तर, बारा–पर्साका सांसदहरुले राजधानी वीरगञ्ज हुनुपर्ने छुट्टै प्रस्ताव गरेका छन् ।

प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ । मतदानमा दुई तिहाइ नआए प्रस्तावित नामहरु उपर कुनै निर्णय हुने छैन । हाल प्रदेश सभामा १०४ जना सांसद छन् । यसको दुई तिहाइ ७० हुन आउँछ ।   रासस

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल