सत्ता गठबन्धनले बोलायो राजनीतिक संयन्त्रको बैठक

  • माघ ०३, २०७८

काठमाडौं। सरकार सञ्चालन तथा समन्वय समितिको बैठक बस्ने भएको छ। सत्तारुढ गठबन्धनले मंगलबार बिहान उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजे संयन्त्रको बैठक बस्ने छ।

सोमबार प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। भेटमा उनीहरुबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको थियो। सोही भेटमा सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको हो।

संयन्त्रको बैठकले स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएपछि सरकारले आवश्यक निर्णय गर्ने तयारी छ। पाँच दलीय गठबन्धनले सरकार सञ्चालनका लागि काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बनाएको थियो। यसअघि पनि बसेको यो संयन्त्रको बैठकमा नेता पौडेलले सरकारलाई गति दिने योजनासहित एक प्रस्ताव पेश गरेका थिए। रासस

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल