जनधकपुरधाम । प्रदेश २ को राजधानी जनकपुर पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो ।
जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो। मतदानमार्फत प्रदेश २ ले राजधानीको नाम टुंगो लगाएको हो ।
प्रदेशसभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा २६ मत परेको थियो ।
१०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ ।
यसैबीच जारी प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाउने तयारी गरेको छ । यसका लागि मतदान प्रक्रिया सुरु हुँदै छ ।
प्रदेशको नाममा चारवटा नाम प्रस्ताव भएको छ । जसमा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश रहेका छन् ।
प्रकाशक:
विशेष मिडिया प्रा लि काठमाडौं नेपाल
फोन :- ९८४०५१२८७२
ईमेलः [email protected]
सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९
अध्यक्ष संचालक: विमल अधिकारी
प्रबन्ध निर्देशक: अम्बिका घिमिरे
हाम्रो बारेमा:
सम्पादकः विनोद बराल
व्यवस्थापकः सम्राट वली,विवेक महरा
सल्लाहाकारः रमेश पौडेल
वरिष्ठ सम्वाददाताः योगेश ढकाल