शेयर बजार परिसूचक नेप्से आज एक सय दशमलव १० अङ्कले घट्यो

  • BY BISHESHPATI NEWS
  • माघ १०, २०७८

काठमाण्डौ ।  शेयर बजार परिसूचक नेप्से आज एक सय अङ्कले घटेको छ । हिजो आइतवार झन्डै १९ अङ्कले घटेको नेप्से आज एक सय दशमलव १० अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ४१ विन्दुमा पुगेर रोकिएको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २८ कम्पनीको एक करोड ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

 

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल