१५ फागुन, काठमाडौं । स्पेस-एक्सका संस्थापक एलन मस्कले पनि युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गरेका हुन् ।
युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई ट्याग गरेर स्टारलिंक स्याटेलाइट सेवा दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मस्कले स्टारलिंक स्याटेलाइट सेवा सक्रिय भइसकेको जनाएका छन् ।
स्टार लिंक एलन मस्कको कम्पनी स्पेस-एक्सको एक इकाइ हो । यसले फाइबर अप्टिक, केबल वा टावरविना नै इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ ।
प्रकाशक:
विशेष मिडिया प्रा लि काठमाडौं नेपाल
फोन :- ९८४०५१२८७२
ईमेलः [email protected]
सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९
अध्यक्ष संचालक: विमल अधिकारी
प्रबन्ध निर्देशक: अम्बिका घिमिरे
हाम्रो बारेमा:
सम्पादकः विनोद बराल
व्यवस्थापकः सम्राट वली,विवेक महरा
सल्लाहाकारः रमेश पौडेल
वरिष्ठ सम्वाददाताः योगेश ढकाल