३० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा सत्ता गठबन्धमा छलफल भइरहेको बताएका छन् ।
कांग्रेसलाई सहभागी गराउन सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादी पार्टीलाई त्याग गर्न भनिएको पनि प्रचण्डले बताए ।
कैलालीको धनगढीस्थित गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्याे भनेर अनुरोध गरिएको छ ।’
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत प्रचण्डले जानकारी दिए ।
प्रकाशक:
विशेष मिडिया प्रा लि काठमाडौं नेपाल
फोन :- ९८४०५१२८७२
ईमेलः [email protected]
सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९
अध्यक्ष संचालक: विमल अधिकारी
प्रबन्ध निर्देशक: अम्बिका घिमिरे
हाम्रो बारेमा:
सम्पादकः विनोद बराल
व्यवस्थापकः सम्राट वली,विवेक महरा
सल्लाहाकारः रमेश पौडेल
वरिष्ठ सम्वाददाताः योगेश ढकाल