एआइजी बढुवाविरूद्ध डिआइजी कार्कीले दिए सर्वोच्चमा रिट, आइतबार सुनुवाइ

  • चैत १७, २०७८

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाविरूद्ध प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

आफूभन्दा जुनियर डिआइजीलाई बढुवा गरेको भन्दै असन्तुष्टि जनाउँदै उनले गृह मन्त्रालय र लोक सेवा आयोगको निर्णय बदर गरी आफूलाई बढुवा गरी पाऊँ भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

उनको रिटको सुनुवाइ २० गतेको लागि तोकिएको छ। उनीसँगै डिआइजीद्वय घनश्याम अर्याल र प्रकाशजंग कार्की पनि असन्तुष्ट थिए।

‘उहाँहरूको पनि छुट्टाछुट्टै रिट आएको छ तर दर्ता हुन बाँकी छ’, प्रवक्ता पौडेलले भने।

ती डिआइजीले यसअघि लोक सेवा आयोगमा पनि निवेदन दिएका थिए। तर आयोगले मन्त्रिपरिषद्को बढुवा गर्ने निर्णय सदर गरिदिएको हो।

बिहीबार बिहानै मन्त्रिपरिषद् बैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै उनीहरूले प्रहरी प्रधान कार्यालयमा एआइजीको फुली लगाएका छन्।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल