बैतडीका विजय भाट हत्याका फरार भनिएका आरोपी नाथ काठमाडौंमा खुल्लमखुल्ला हिड्दै

  • कार्तिक २६, २०७८

२६ कार्तिक, बैतडी ।   बैतडीका विजय सिहं भाट हत्याका आरोपी काठमाडौंमा खुलेआम हिडिराखेका छन् ।

बैतडीको दशरथचन्द नगरपालीका ५ डम्मरखोलीका विजय सिंह भाटको  भदौ १० गते संकास्पद  हत्या भएको थियो । हत्या भएपछी परिवारका सदस्यहरुले उत्त घटनाको छानबिनका लागी  प्रहरीमा उजुरी दिएका थिए।

हत्या भएको महीना दिन पछि मात्रै प्रहरीले उजुरी लिएर घटनाको छानबिन सुरु गरेको थियो ।

छानबिन पछि विजय भाटको हत्या भएको प्रहरीले जनाकारी दियो । हत्यामा संलग्‍न चार जनाको नाम प्रहरीले सार्बजनिक गरी प्रक्राउ पुर्जि काटेको थियो । हत्यामा संलग्‍न चार जना मध्ये तीन जनालाई प्रहरीले तत्काल प्रकाउ गरी अनुसन्धाकालागी थुनामा राखेको छ भने एक जना अभियुत्त अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले फरार भनेका हत्याका आरोपी अहिले काठमाडौं खुले आम हिडिरहेका छन् । पिडितका आफन्तका अनुसार हत्यामा संलग्‍न मुख्य आरोपी राजेन्द्र नाथ  हुन् ।

तर, नाथलाई प्रहरीले अहिले सम्म पक्राउ गरेको छैन् । उनिलाई  प्रहरीले फरार अभियुत्तको सुचिमा त राखेको छ तर खुल्लमखुला हिडिरहेका मुख्य अभियुत्त नाथ भने भाइटिकाको दिन आफ्नो दिदिको घरमा दिदिसंगै टिका लगाएका फोटा उनकी दिदिले  सामाजिक सञ्जाल फेसबुमा सार्बजिक गरेकी थिइन  ।

 

फरार भनिएका हत्याका आरोपी खुला रुपमा सर्वसाधारण मानछे जस्तै हिडराखेका छन् भने प्रहरी मौन छ ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल